Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नवनिर्वाचित सांसद्हरुलाई प्रमाणपत्र हस्तान्तरण 


    सोमबार, मंसिर १२ २०७९
    790
    Shares
  • २ मिनेट पाठ
  • हेटौंडा : मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा मकवानपुरबाट निर्वाचित सांसद्हरुलाई आज प्रमाणपत्र हस्तान्तरण गरिएको छ। 

    मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला र निर्वाचन क्षेत्र नम्बर-२ का निर्वाचन अधिृकत मुकुन्दहरि पौडेलले प्रतिनिधि सभाका २ जना र प्रदेशसभाको ४ जना सांसद्लाई प्रमाणपत्र प्रदान गरेका हुन्। 

    क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभामा निर्वाचित राप्रपाका दिपकबहादुर सिंह, सो क्षेत्रबाट क्रमश प्रदेशसभा (१) मा निर्वाचित नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी, प्रदेशसभा (२) मा निर्वाचित नेकपा एमालेका एकालाल श्रेष्ठले प्रमाणपत्र ग्रहण गरेका छन्। 

    त्यस्तै क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित नेकपा एमालेका महेश बर्तौला, सोही क्षेत्रको प्रदेशसभा (१) मा निर्वाचित नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान र प्रदेशसभा (ख) मा निर्वाचित नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले पनि प्रमाणपत्र ग्रहण गरेका हुन्। 

    कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले निर्वाचनलाई शान्तिपूर्ण वाताबरण स्वच्छ, निस्पक्ष एवम् भयरहित तबरबाट सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार