Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाजुरामा चुनावी झडपका क्रममा मारिएका चेतनको ९ दिनपछि अन्त्येष्टि


    सोमबार, मंसिर १२ २०७९
    1.7K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा बाजुरामा मारिएका एमाले निकट विद्यार्थी नेता चेतन ऐडीको शव आज आफन्तलाई जिम्मा लगाईएको छ। आज बिहान पौने १० बजेउनका पिता र नेकपा एमालेका दुई जना कार्यकर्ताले शव बुझेका हुन्  ।

    आमनिर्वाचनका क्रममा भएको दुई पक्षीय झडपका क्रममा मृत्यु भएका चेतनको घटनाको ९ दिनपछि आज सोमबार अन्त्येष्टि गर्न लागिएको छ । 

    अन्तिम संस्कार गर्न लैजानुअघि नेकपा एमाले बाजुराले अनेरास्ववियुका केन्द्रीय सदस्य समेत रहेका आयडीको शव श्रद्धाञ्जलीका लागि खुलामञ्च मार्तडीमा राखेको छ  । 

    उक्त झडपमा घाइते भएका आयडीलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो । तर अस्पताल पु¥याए लगत्तै चिकित्सकले उनलाई मृत्यु घोषणा गरेका थिए ।

    त्रिवेणी ७ मा दिउँसो मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा त्रिवेणी ७ बस्ने सञ्जीव अयडिको मृत्यु भएको थियो । सञ्जीवको मृत्यु भए पश्चात विवादले उग्र रुप लिएको थियो । 

    नेकपा एमाले बाजुराले चेतनको हत्यारालाई पक्राउ गरी दोषीमाथि कारबाहीको माग गर्दै आएको छ ।  मंसिर ५ गतेदेखि बाजुरामा एमालेले आन्दोलन गरिरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार