Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विष्णु पौडेल भन्छन्: बहुमत नपाएपनि एमालेले नयाँ सरकार गठनका लागि पहल गर्छ


    सोमबार, मंसिर १२ २०७९
    3.6K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नयाँ सरकार निमार्णका लागि पार्टी अध्यक्ष केपी शर्मा ओेलीको नेतृत्वमा पार्टीले पहल गर्ने जनाएका छन् । रुपेन्देही–२ बाट निर्वाचित पौडेलले अबको नयाँ सरकार गठनका लागि एमालेले पहल गर्ने दाबी गरेका हुन् । 

     सोमबार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले भने, ‘निर्वाचन परिणाम हेर्दा कसैलाई पनि बहुमतको सरकार निमार्णका लागि जनताले म्यान्डेट दिएको अवस्था छैन,‘अध्यक्षलाई निर्वाचनपछिको प्रधानमन्त्री भनेर हामीले घोषणा नै गरेर गएकाले स्वाभाविक रुपमा नयाँ सरकारका लागि एमालेले पहलकदमी गर्नेछ ।’

    पौडेलले एमालेले मात्रै देशलाई सही ढंगले अघि बढाउन सक्ने दावी गरे। ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि बढाउने उल्लेख गर्दै उनले मुलुकलाई स्थिर राजनीति प्रदान गर्नका लागि एमालेको मुख्य भूमिका रहने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार