काठमाडौं । लगभग पाँच महिना अगाडि मात्रै गठन भएको पुर्व पत्रकार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ हालसम्मको जारी मत परिणाममा ३ लाख १४ हजार भन्दा बढी मत ल्याएर राष्ट्रिय पार्टी बन्ने हैसियत सुनिश्चित गरेको छ । अहिलेसम्म गणना भएको करिब २४ लाख मतलाई शतप्रतिशत मान्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको मत मोटामोटी १५ प्रतिशत रहेको स्रोतले जनाएको छ।
निर्वाचन आयोगले मङ्सिर ४ गते आइतबार सम्पन्न आमनिर्वाचनमा १ करोड ९ लाख मत खसेको जनाएको छ । त्यसमा यदि सदर मत एक करोड भयो भने राष्ट्रिय पार्टी बन्न त्यसको ३ प्रतिशत अर्थात् ३ लाख मत ल्याउनुपर्ने हुन्छ । रास्वपाको मत तीन लाख कटिसकेकाले राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको छ ।
यदि अहिलेकै अनुपात अन्तिमसम्म कायम राखेको खण्डमा यस पार्टीले अन्तिम परिणाममा समानुपातिकतर्फ १५ लाख मत ल्याउन सक्छ । त्यो भनेको १५ जनासम्म समानुपातिक सांसदको सुनिश्चितता हो । प्रत्यक्षतर्फ सात सिट रास्वपाले जितिसकेको छ र थप २ सिटको सम्भावना छ ।
प्रत्यक्ष र समानुपातिक दुवै जोड्दा २४–२५ सिट पुग्न सक्छ । यो भनेको संसद्को निकै बलियो शक्ति हो ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend