Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • जुम्लामा जितेपछि शाही ‘भ्रष्टचार गर्दिनँ, गर्न पनि दिन्नँ’ भन्दै र्‍यालीमा 


    बिहिबार, मंसिर ८ २०७९
    775
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । 

    शाही २२ हजार ८१९ मतसहित सांसदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गोमा गौतम (कुँवर)ले ११ हजार ९५९ मत ल्याएकी थिइन्। 

    उक्त क्षेत्रका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य शाहीआर्थिक अनियमितताको भण्डाफोर गर्दै सुशासनयुक्त जुम्ला बनाउने अभियानमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले आफू भ्रष्टचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने दाबी गरेका छन्। 

    निर्वाचित भएपछि विजय र्‍यालीको क्रममा खलंगाको बालमन्दिरमा आयोजित सभालाई सम्बोधन गर्दै शाहीले जुम्ली मतदाताले ठूलो आसा र भरोसाले दिएको मतलाई निराशामा परिणत हुन नदिने बताए ।

    उनले भने, ‘केन्द्रमा उठेको जुम्लाको आवाजलाई दबाइएको छ । जुम्लाको प्रतिनिधित्वलाई सौतेनी व्यवहारले हेरिन्छ । त्यो सौतेनी व्यवहारको पर्दाफास गर्दै जुम्लीले पनि यो देशमा राज गर्न सक्छन् भन्ने उदाहरण दिन चाहन्छु ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार