Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवन-२ : रवि लामिछाने भारी मतान्तरका साथ विजयी


    बिहिबार, मंसिर ८ २०७९
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता गठबन्धनका साझा उम्मेदवारलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ४९ हजार २६१ मतसहित आफ्नो जित निकालेका हुन्। 

    उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धन साल नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पछारेका छन्। 

    लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत पाए भने २०७४ सालको निर्वाचनमा चितवन-२ बाट निर्वाचित भएका नेकपा एमालेका कृष्णभक्त श्रेष्ठले १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा बस्न सफल भए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार