Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोरखा २ मा प्रचण्ड प्रतिस्पर्धीभन्दा फराकिलो मतले अगाडि


    मंगलबार, मंसिर ६ २०७९
    800
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता बनाएका छन् ।

    प्रचण्डले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पछि पारेका छन्।

    उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले पछ्याइरहेका छन् भने नेकपा एमालेका युवा उम्मेदवार अब्दुस सलाम मियाँ तेस्रो स्थानमा छन्।

    १२ हजार २ सय १७ मत गणना हुँदा प्रचण्डले ७ हजार ५७ मत ल्याएका छन्। रास्‍वपाका बुर्लाकोटीलाई १ हजार ९ सय २९ मत प्राप्त भएको छ। यस्तै एमालेका मियाँले १ हजार ६ सय ७६ मत ल्याएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार