Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं-४ मा गगन थापाले निकाले ह्याट्रिक जित


    मंगलबार, मंसिर ६ २०७९
    1.9K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फराकिलो अन्तरले नेकपा एमाले  उम्मेदवारलाई पछि पार्दै ह्याट्रिक जित निकालेका छन् । केही बेरअघि सम्पन्न मतगणनाको परिणामअनुसार थापाले २१ हजार ३०२ मत पाएका छन् । उक्त क्षेत्रबाट थापाले ७,४५७ भारी मतले एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् । एमाले उम्मेदवार राजन भट्टराईले १३ हजार ८५५ मत पाएका छन् । 

    तर अझै औपचारिक घोषणा हुन भने बाँकी रहेको स्रोतले जनाएको छ। 

    ०७४ मा पनि ३२ सय मतान्तरले थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए ।

    यसपटक थापाले सांसद निर्वाचित भएपछि नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा उठ्ने र प्रधानमन्त्रीको दाबी गर्ने घोषणा गरेका छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार