Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भीम रावलको क्षेत्रमा एकीकृत समाजवादीको अग्रता 


    मंगलबार, मंसिर ६ २०७९
    2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका नेता भीम रावलको गृह निर्वाचन क्षेत्रसमेत रहेको अछाम-१ मा कुल ४१ हजार ६४३ मत खसेकोमा सत्ता गठबन्धनतर्फका एकीकृत समाजवादीले अग्रता लिएको छ ।

    श्रममन्त्रीसमेत रहेका शेरबहादुर कुँवर १४ हजार ६९७ मत गणना हुँदासम्म ८ हजार ३१ मतसहित अगाडि छन् । उनलाई एमालेका झपट बोहरा ४ हजार ८१५ मतसहित पछ्याइरहेका छन् ।

    स्वतन्त्र उम्मेदवार राजन कुँवरको मत भने ९४२ रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार