Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोट हाल्न झोला बोकेर गाउँ फर्किए मतदाताहरु


    शुक्रबार, मंसिर २ २०७९
    660
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । यही मङ्सिर ४ गते सम्पन्न हुन गहिरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिंदै गर्दा काठमाडौं उपत्यकाका नाकाहरुमा  घर जानेको संख्या केही दिनयता नै ह्वात्तै बढेको छ। यतिबेला मतदाताहरु आफ्नो गाउँ तथा निर्वाचन क्षेत्रका उमेदवारलाई चुनाव जिताउन झोला बोकेर धमाधम गाउँ फर्किरहेका छन्। अघिल्ला दिनको तुलनामा आज भोलि काठमाडौंबाट बाहिरिने यात्रुहरुको संख्या केही बढेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    शिक्षा, रोजगारीका लागि काठमाडौं उपत्यकामा देशभरका नागरिक बस्छन् । केहि दिनआघि दशैं मनाउन काठमाडौंबाट २८ लाख सर्वसाधारण आफ्नो घर फर्किएका थिए । यस्तै चुनावमा पनि घर जानेको संख्या पनि उस्तै रहेको हो। सर्वसाधारणले आफ्नो गाउँ तथा निर्वाचन क्षेत्रका उमेदवारलाई चुनाव जिताउन आफ्नो गाउँ फर्केका हुन्। 

    मंसिर ४ गते चुनावका लागि ३ गते मध्यरातिदेखि गाडी चलाउन नपाइने भएकाले आज र भोलि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको संख्या बढेको स्रोतले जनाएको छ। 

    कोटेश्वर, कलंकी, बालाजु लगायतका क्षेत्रमा गाउँ फर्किने यात्रुहरुको चहलपहल अघिल्ला दिनको तुलनामा बढी देखिएको छ । कतिपय राजनीतिक दलहरुले भोट हाल्नका लागि आफ्ना समर्थकहरुलाई गाउँ ओसार्न निःशुल्क गाडीको समेत व्यवस्था नै गरेका छन् ।

    ती गाडीहरुमा दलका झण्डा र चुनाव चिह्न राखिएका छन् । एक जना कार्यकर्ताले सबैको नाम ठेगाना टिपेर काठमाडौंबाट गाउँ पठाइएको बताए ।

    ट्राफिक प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद भट्टका अनुसार पछिल्लो २४ घण्टामा ४२ हजार ६४० जना यात्रु भित्रिंदा ५८ हजार २९४ बाहिरिएको रेकर्ड रहेको बताए।

    Balaju-Area-road-Cross.jpg
    undefined
    Balaju-Area-Bus_2.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार