काठमाडौँ। राैतहटकाे निर्वाचन क्षेत्र नम्बर- ३ मा दुईजना स्वतन्त्र उम्मेदवारका कार्यकर्ताहरूबीच वादविवाद चर्किदा झडप भएको छ। दुवै उम्मेदवारका समर्थकहरू रक्सी पिएर एकले अर्काेलाई गाली गलोज गर्न थालेपछि विवाद सुरु भएकाे प्रहरीले जनाएकाे छ।
जिल्लाको कटहरिया नगरपालिकाको वडा ५ कटहरिया बजारस्थित शान्ति पेट्रोल पम्प अगाडि प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाल र प्रदेशसभा स्वतन्त्र उम्मेदवार कुन्दन कुशवाहाका समर्थकबीच झडप भएकाे हाे।
घटना हिजो बुधबार राति करिब साढे ९ बजेको समयमा भएकाे जनाएको छ । उक्त झडप भएपछि प्रहरीले झडप नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड अश्रुग्यास र सशस्त्र प्रहरीले ३ राउण्ड हवाइ फायर गरेर भिड नियन्त्रणमा लिएको थियाे। उक्त झडपमा परी ३ जना प्रहरी सामान्य घाइते समेत भएका छन्।
सुरुमा सम्झाइबुझाइ गर्दासमेत दुवै पक्षका समर्थक आक्राेशित हुँदै ढुंगा र सिसा प्रहार गर्न थालेपछि हवाइ फायर र अश्रुग्यास प्रहार गरिएकाे इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।
प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेकाे छ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend