Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दयाहाङ र दीपाश्री पुकार बमका लागि भोट माग्दै 


    बुधबार, कार्तिक ३० २०७९
    765
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। चुनाव नजिकिंदै गर्दा यतिबेला काठमाडौं क्षेत्र–१ का प्रतिनिधिसभा उम्मेदवार पुकार बमले नायक राजेश हमाल पछि अन्य कलाकारहरुबाट पनि समर्थन पाइरहेका छन्। आफुलाई मनपर्ने उम्मेदवारको पक्षमा खुल्दै चर्चित अभिनेता दयाहाङ राई, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बमलाई निर्वाचन जिताउनका लागि भोट मागेका हुन्। 

    रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बम भोट माग्दै मण्डला थिएटर पुगेका बेला दयाले जितको शुभकामना दिएका छन्। बम भोट माग्न निरौलाको घर पुगेका थिए। दीपाश्रीलाई उद्धृत गर्दै बम सामाजिक सन्जालमा लेख्छन्, ‘म काठमाडौं क्षेत्र–१ कै मतदाता हुँ। पुकारलाई मत दिने कुरामा म तयार छु। यहाँ आजसम्म कोही आउनुभएको थिएन। तपाईं आउनुभयो।’

    केही दिनअघि मात्रै नायक राजेश हमालले पनि बमका लागि भोट मागेका थिए। बमसँगको भेटमा हमालले भ्रष्टाचार नियन्त्रणका लागि नीतिगत ठाउँमा नयाँ पुस्ता पुग्नुपर्ने बताएका थिए। Deepa-Shree-and-Pukar-Bam.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार