Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • प्रचण्ड सहभागी चुनावी कार्यक्रममा बम विस्फोट


    बुधबार, कार्तिक ३० २०७९
    740
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ । उक्त विस्फोटमा परेर १ जना घाइते भएका छन् । घाइतेको खुट्टामा चोट लागेको छ । यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै बुधबार एक व्यक्तिले बोकेको बम विस्फोट भएको प्रहरीले जनाएको छ।  

    चुनाव नजिकिदै गर्दा आज बुधबार प्रचण्ड प्रदेश १ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा भोजपुर पुगेका थिए। 

    उक्त विस्फोट बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको छ । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार