Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचनका लागि खटिए १४०० सुरक्षाकर्मी 


    बुधबार, कार्तिक ३० २०७९
    670
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका करिब १४०० ट्राफिक प्रहरी फिल्डमा खटिएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरीलाई उपत्यका बाहिरका निर्वाचन क्षेत्रमा खटाएको हो ।

    ट्राफिक प्रवक्ता राजेन्द्र प्रसाद भट्टका अनुसार ४०० जना खटिने चोकमा १०० जना ट्राफिक मात्रै खटाइएको छ । “उपत्यकाको सवारी चाप ठूलो मात्रामा घटबढ भएको छैन । करिब चौध सय ट्राफिक निर्वाचनमा खटाइएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न विभिन्न निकायबाट स्वमंसेवक लिएका छौँ,” उनले भने ।

    हाल काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाका नगरप्रहरीलाई पनि ट्राफिक व्यवस्थापनमा खटाइएको छ । 

    नगरप्रहरी बलका प्रमुख नगरप्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार सवारी साधनको चाप धेरै भएको समय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकमा ट्राफिक प्रहरीसँगै दुईजना नगरप्रहरी खटाउन थालिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार