Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड भन्छन्: यो चुनाव पाण्डव र कौरवबीचको युद्ध हो


    मंगलबार, कार्तिक २९ २०७९
    1.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ गतेको चुनावलाई पाण्डव र कौरवबीचको ‘महाभारत युद्ध रहेको दाबी गरेका छन्। अध्यक्ष प्रचण्डले यो चुनाव महासंग्रामसँगै जनमत संग्रह पनि रहेको बताएका छन् ।

    मंगलबार नवलपरासीमा भएको सत्ता गठबन्धनको चुनावी सभालाइ संवोधन गर्दै उनले भने, अहिलेको महासंग्राम कौरव र पाँच पाण्डवबीचको लडाइँ हो । यो चुनाव चानचुने होइन। यसलाई सबैले बुझ्न जरुरी छ। ‘जनताको अधिकार सुनिश्चित गर्न गठबन्धन गरिएको बताए । साथै उनले यहि गठबन्धन आगामी १५/२० वर्षसम्म कायम रहने समेत दाबी गरे। 

    जनताको अभिमतको अवमूल्यन गर्ने कौरवहरूको पराजय निश्चित छ,’ उनले भने, ‘मतदाताले लोकतान्त्रिक वाम गठबन्धनको पाँच पाण्डवका उम्मेदवारहरूलाई विजय गराउने छन् ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार