Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुरमा पैदलयात्रामा निस्किए ओली


    मंगलबार, कार्तिक २९ २०७९
    910
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। आज ललितपुर–३ भैसेपाटीमा नागरिक समाजले आयोजना गरेको पैदलयात्रा कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन्। 

    आगामी चुनावी प्रचार–प्रसारकै रूपमा ओलीले कोटेश्वर क्षेत्रमा पैदलयात्रा गरेका हुन् । पैदलयात्रापछि ओली निर्वाचन सम्पर्क कार्यालय पुगेका थिए ।

    ओलीले ललितपुर निर्वाचन क्षेत्र–३ का प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको सहभागितामा पैदलयात्रा गरेका हुन्। पैदलयात्रामा अध्यक्ष ओलीसहित पत्नी राधिका शाक्य पनि सहभागी थिइन्। 

    यसैगरी ४ मंसिरमा सम्पन्न हुने चुनावको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलले आफ्नो चुनावी प्रचार–प्रसार तीव्र पारेका छन्।FINAL.00_04_24_21.Still021_pdkhNeFkXD.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार