Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मतपत्र नजलाउन माग गर्दै दायर रिटमा आज पेसी


    मंगलबार, कार्तिक २९ २०७९
    1.1K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । चुनाव सम्पन्न भएपछि मतपत्र नजलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आज मंगलबार पेसी तोकिएको छ ।

    उक्त मतपत्रसहित सरकारी कागजात जलाउँदा वातावरणलाई प्रतिकूल असर पर्ने र यो कार्य संविधानको प्रावधानविरुद्ध रहेको भन्दै कानुनका विद्यार्थीहरू ऋतिक यादव र रितेश पन्थीले निर्वाचन आयोग र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउँदै सोमबार रिट दायर गरेका थिए । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको यस रिटको पेसीी आजका लागि तोकिएको हो। निर्वाचन आयोगले मुद्दा पर्ने अवधि नाघेपछि छाप लगाइएका मतपत्रलाई जनक शिक्षा सामग्री केन्द्रमा सरकारी कागजात धुल्याउने नियमहरु, २०२७ अनुसार धुल्याउँछ । उक्त नियमको २(ख) ले धुल्याउनुलाई आगोमा डढाउने कार्य भनी परिभाषित गरेको छ। 

    चुनाव सकिएपछि मतपत्र धुल्याउने नाममा जलाउँदा प्रत्येक नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको हनन् हुने भन्दै उनीहरुले मतपत्र नजलाउन माग राख्दै वैकल्पिक उपाय खोज्न भन्दै रिट दायर गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार