काठमाडौं। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ ललितपुर निर्वाचन क्षेत्र नम्बर- ३ की स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कामय राख्न सर्वाेच्च अदालतले निर्देशन दिएको छ । कार्कीको उम्मेदवारी कायम रहने कि नरहने भन्ने सम्बन्धमा उनको उम्मेदवारीविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सोमबार सर्वाेच्च अदालतले उनको उम्मेदवारी कायम रहने आदेश दिएको हो ।
निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै दिएको रिटमाथि सोमबार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले कार्कीको उम्मेदवारी निरन्तरता राख्न आदेश दिएको हो ।
यसअघि सर्वाेच्चले उनको उम्मेदवारी कायम राख्न अल्पकालीन आदेश दिएको थियो । उक्त आदेशविरुद्ध पनि आयोगले सर्वाेच्चमा निवेदन दिएको थियो । तर, सर्वाेच्चले डा कार्कीको उम्मेदवारी कायम राख्न आदेश दिएको हो ।
मेडिकल काउन्सिलको निर्वाचित सदस्य लाभको पद ठहर गर्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेकोमा सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले अन्तरिम आदेशमार्फत यथावत् राखेको थियो ।
आयोगले त्यसविरुद्ध दिएको भ्याकेट निवेदन आज कार्तिक २८ सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ भएको हो ।
डा. कार्कीको निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनकी पम्फा भुसाल र एमालेबाट अमृत खड्का पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।


काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend