Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • घण्टी बजाउँदा गठबन्धन आत्तियो, स्थानीय निर्वाचनमा गठबन्धनले ५ जनाको हत्या गर्यो: ओली 


    सोमबार, कार्तिक २८ २०७९
    900
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीले घण्टी बजाउँदा सत्तारुढ गठबन्धन दलहरु आत्तिएर ढुंगा प्रहार गर्न नहुने टिप्पणी गरेका छन्।

    आज चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘ढ्याङ्ग्रो पनि बजाएको छैन। एउटा घण्टी बजाउन पनि नदिने। अनि ढुंगा हान्न जाने। दमा, नसिंङ्गा बजाएको पनि होइन।’

    चुनाव लड्न आउनेलाई खुल्ला रुपमा आउन दिनुपर्ने बताए। साथै गत स्थानीय तहको निर्वाचनमा गठबन्धनले पाँच जना मान्छे मारेको आरोप समेत लगाए। 
    छिमेकीको घरमा लास सुताएर अबिर जात्रा मनाएको टिप्पणी गरे।

    राणा शासन र राजतन्त्र जनताले फालेको उल्लेख गर्दै गठबन्धनलाई आगामी निर्वाचनबाट बहिष्कार गर्नु पर्ने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार