Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पत्निसहित रवीन्द्र मिश्रले गरे पशुपतिनाथमा रूद्राभिषेक पूजा


    सोमबार, कार्तिक २८ २०७९
    675
    Shares
  • १ मिनेट पाठ
  • काठमडौं। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर -१ मा उम्मेदवारी दिएका रवीन्द्र मिश्र यतिबेला चुनावी प्रचार-प्रसार छाडेर पशुपतिनाथमा पुजाआजा गर्न पुगेका छन्। राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका रवीन्द्र मिश्रले आज विहान पशुपतिनाथ मन्दिरमा रूद्राभिषेक पूजा गरेका छन् । 

    आफ्नो धर्मपत्निसहित गएका मिश्रले पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टसँग रूद्राभिषेक पूजा गरेका हुन् । 

    रूद्राभिषेक पूजा भगवान पशुपतिनाथको कृपा प्राप्तिका लागि गरिने पूजा हो । रूद्राभिषेक पूजामा भगवान शिवको विभिन्न रूप मध्येको एक शिवलिङ्गको पूजा अर्चना गरेर अभिषेक गरिन्छ ।

    पूजापछि मिश्रले यो देश आफ्नै जीवनकालमा रूपान्तरण गर्न सकियोस् भन्ने कामना गरेको दाबी गरे। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार