Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • निर्वाचनका लागि बागलुङमा खटिने महिला सुरक्षाकर्मीलाई सेनेटरी प्याड हस्तान्तरण 


    सोमबार, कार्तिक २८ २०७९
    895
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको क्रममा बागलुङमा खटिने महिला सुरक्षाकर्मीलाई आदर्श सञ्चार सहकारी संस्था बागलुङ र जास्वीन हाइजिङ प्रोडक्टद्वारा उत्पादित सेनेटरी प्याड वितरण गरिएको छ ।

    आदर्श सञ्चार सहकारी संस्था बागलुङ र जास्वीन हाइजिङ प्रोडक्टद्वारा उत्पादित प्याडको बागलुङ जिल्ला डिलर नर्वदा ट्रेडर्सको सहयोगमा निर्वाचनमा खटिने २ सय ६१ जना म्यादी र ६७ जना नेपाल प्रहरी गरि ३ सय २८ जना महिला सुरक्षाकर्मीलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको हो ।

    कार्यस्थलमा महिनावारी हुँदा महिला सुरक्षाकर्मीलाई पर्न सक्ने अफ्ठ्यारोलाई सहज बनाउन र उनीहरुको मनोवल उच्च बनाउनको लागि सेनेटरी प्याड वितरण गरिएको आदर्श सञ्चार सहकारी संस्थाका अध्यक्ष हुमा कुमारी जिसी ‘अञ्जु’ले बताइन् ।

    ‘३ सय २८ जनाको लागि ३ सय २८ प्याकेट प्याड र माक्स हस्तान्तरण गरेका छौं,’ जिसीले भनिन् ‘परिमाण थोरै भएपनि सकरात्मक सन्देश र सकरात्मक उर्जा पैदा गर्नको लागि यो कार्यक्रमको आयोजना गरेका हौ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार