Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • निर्वाचन बहिष्कार गर्दै सरकार विरोधी दलहरूकाे भण्डाफोर अभियान


    आइतबार, कार्तिक २७ २०७९
    895
    Shares
  • १ मिनेट पाठ
  • महोत्तरी। बर्दिबासवाट आहुती, विप्लव, धर्मेन्द्र बास्तोला, मोहन वैद्यलगायतका नेताहरूले नेतृत्व गरेका  सरकार विरोधी दलहरूले आसन्न संसदीय निर्वाचन जसरी पनि रोक्नुपर्ने अर्थात्  निर्वाचन बहिष्कार गर्दै हिजो शनिबारबाट भण्डाफोर अभियान सुरु गरेका छन् । 

    तीन दशक संसदीय व्यवस्थामा गुजारिसकेको दलाल पुँजीवादी व्यवस्था जन्ताका लागि पीडादायक भएको बताउँदै ती दलहरूले आसन्न संघ र प्रदेशसभाको निर्वाचन खारेजीको चेतावनी दिएका छन्। दलाल पुँजीवाद होइन, वैज्ञानिक समाजवाद निर्माण गरौ, कथित संघीय र प्रदेशसभा निर्वाचनको भण्डाफोर गरौ भन्ने मूल नाराका साथ  बर्दिबासमा र्‍याली निकालेका थिए ।

    newskarkahna-news397230.jpg
    undefined

    पैसा र बलको आधारमा गरिने संघीय निर्वाचनमा एक दिन भोट हालेर पाँच वर्षसम्म आफै लुटिनुपर्ने बाध्यतामा जनता रहेको बताउँदै वैज्ञानिक समाजवादीका नेता मदन अर्यालले जनप्रतिनिधि अथवा प्रतिनिधिमूलक लोकतन्त्रको नाम दिएर जन्तालाई भ्रमित पारेको आरोप लगाए ।

    newskarkahna-news397232.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार