Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • भोट माग्दै घरदैलोमा पुकार बम


    शुक्रबार, कार्तिक २५ २०७९
    725
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर १ बाट प्रकाशमान सिंहविरुद्ध नेकपा एमालेका किरण पौडेल छन् भने यी दुवै पक्षका प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम मैदानमा उत्रिएका छन्। यता राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रविन्द्र मिश्र पनि सोही क्षेत्रबाट उम्मेदवार रही चुनौती दिरहेका छन्। 

    निर्वाचन संघारमा आइपुग्न लाग्दा उम्मेदवारहरुले घरदैलोलाई तीव्रता दिएका छन्। काठमाडौंमा पनि अहिले चुनावी माहोल तात्दै गएको छ।

    पुकार बम आफूलाई ‘विकल्प’ भन्दै यति बेला चुनावी अभियानमा खटिएका छन् । उनले घरदैलोलाई तीव्रता दिएका छन्। आज पनि काठमाडौंको क्षेत्र १ मा पर्ने आलोकनगर क्षेत्र पुगेका थिए। आफू १५ वर्षदेखि युवालाई राजनीतिमा ल्याउन लागेको भन्दै मत मागिरहेका छन्।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार