Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • एमालेलाई चारैतिरबाट खुट्टा भेटे खुट्टै, हात भेटे हातै टोक्ने काम भयो: ओली


    शुक्रबार, कार्तिक २५ २०७९
    735
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई संज्ञा गर्दै एमालेलाई  जिउँदै टोक्ने  कोसिस भएको दाबी गरेका छन्। 

    शुक्रबार सुनसरीको धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई हुँडारको संज्ञा दिएका हुन् । ओलीले पछिल्लो पटक वामपन्थी आन्दोलन थिति विधिअनुसार नचलेको भन्दै एमाले जनताको पार्टी भएकाले त्यसको प्रतिवाद गरिरहेको बताए । 

    ‘पछिल्लो पल्ट त वामपन्थी आन्दोलनलाई थिति, विधि नियमअनुसार होइन । अंग्रेजीमा ‘हाइना’ भन्छ । नेपालीमा हुँडार भन्छ, त्यसले मारेर शिकार खाने होइन । ज्यूँदै खान्छ त्यसले, जिउँदै टोक्छ’, ओलीले एमालेलाई सिध्याउँछौ भनेर केही नेताहरूले घोषणा नै गरेको बताए । 

    ‘नेकपा एमालेलाई चारैतिरबाट जिउँदै टोक्ने कोसिस भयो । खुट्टा भेटे खुट्टै, हात भेटे हातै टोक्याछ, टाउको भेटे टाउकै टोक्याछ’, उनले भने, ‘उद्घोष पनि धेरैले गरे । भित्तामा टास्ने, धुलो बनाउने दिउँसै टर्च बालेर हिँडने र सिध्याउने भने । ’ 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार