Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  •  १ सय ४८ कैदीबन्दीले मतदान गर्न पाउने


    बिहिबार, कार्तिक २४ २०७९
    2.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कारागारका १ सय ४८ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन्। 

    १ हजार ४ सय २७ जना कैदीबन्दी रहेको झापा कारागारमा १ सय ४८ जनाले मात्र मतदान गर्न पाउने भएका हुन्। 

    मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरूलाई मतदानको व्यवस्था गरिने बताए । उनले भने, “कैदीबन्दी धेरै भए पनि मतदाता नामावलीमा एक सय ४८ जनाको नाम छ । नाम भएकाले मात्र मतदान गर्न पाउनुहुन्छ ।”

    कारागारमा हाल एक हजार दुई सय ४५ पुरुष, ७१ जना महिला र दुई जना बालबालिका कैदीबन्दी रहेको जिल्ला कारागार झापाले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार