काठमाडौँ। सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र गोर्खा पुगेर आसन्न निर्वाचनलाई सामान्य निर्वाचनको रूपमा मात्रै नलिन आग्रह गरेका छन् ।
भच्चेकमा आज भएको कोणसभामा बोल्दै प्रचण्डले भने,’ अबको मेरो बाँकी जीवन आर्थिक क्रान्तिका लागि हो। त्यसैले छिटो आर्थिक क्रान्ति गर्न गोरखा २ रोजेको हुँ।
प्रचण्डले भने, “राजनैतिक परिवर्तनको तयारी गोरखाको यही भूगोलबाट गरेको हुँ, राजनैतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाइ समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आएको हुँ” ।
गोरखा २ मा सत्ता गठबन्धनका उम्मेदवार समेत रहेका प्रचण्डले आफु उक्त क्षेत्रबाट निर्वाचित भए आगामी ५ वर्षभित्र गोरखाका कच्ची सडक कालोपत्र गरिने बताएका छन्।
उनले धुलो, हिलो र खाल्डाखुल्डी भएका सडक भई आफू निर्वाचन क्षेत्रका गाउँ-गाउँ पुगेकोले अबको ५ वर्षभित्र ती सडक कालोपत्र गरिने बताए।
उनले आफूलाई विजयी गराएर पठाए मात्र सिंगो गोरखा जिल्लाको विकास निर्माणमा लाग्ने बताएका थिए।
आगामी चुनावी कार्यक्रमका लागि आज गोरखा आइपुगेका प्रचण्डले ‘गोरखाबाट आर्थिक विकासको नमूना प्रस्तुत गर्ने बताए । उनले संविधान नमान्ने प्रतिगमनलाई परास्त गर्न पनि आग्रह गरेका थिए।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend