काठमाडौँ। डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर डडेल्धुराको चुनावी मैदानमा उत्रिएका युवा उम्मेदवार सागर ढकालको चुनावी प्रचारप्रसार तीव्र रहेको छ। उनले दिन प्रतिदिन स्थानिय मतदाताको मन जितिरहेका छन् ।
प्रधानमन्त्री देउवाकै निर्वाचन क्षेत्र डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालको चुनाव चिन्ह सुई रहेको छ। उनी अहिले चुनाव चिन्ह सुई लिएर जनतामाझ भोट माग्न व्यस्त छन् । मत माग्न युवाहरु समेत खटिएका छन् ।
सागर ढकालको पक्षमा यतिबेला युवाहरुसहित स्थानियवासीहरु पनि खटिएका छन् । स्थानियवासी भन्छन् देशलाई अहिले नयाँ नेता दिने मुडमा छौ । ‘प्रतिस्पर्धा त कडा नै हुनेछ, एक जना स्थानियवासी भन्छन्–‘अहिले नै यकिन गर्न गाह्रो छ, तर नयाँ अनुहारको सम्भावना प्रवल छ’ ‘अहिले त जनतालाई राम्रो नेता नै चाहिएको छ, स्थानियवासीको भनाइ छ– ‘डडेल्धुरामा धेरै कुराको समस्या छ । राम्रो अस्पताल छैन । राम्रो बाटोघाटो छैन । व्यवस्थित स्कूल तथा कलेज छैन । महंगी बढेको छ । पहिला पहिला घरघरमै वृद्ध भत्ता दिने गरेकोमा अहिले त्यो पनि रोकिएको छ । यी सबै कुरा समाधान गर्ने नेता चाहिएको छ ।’
डडेल्धुराका जनता यतिबेला आफ्नो क्षेत्रमा विकास गर्ने नेताको खोजीमा छन् ।
सागर ढकाल भन्छन्– अब सुई लगाएर सबै हजुरबाहरुलाई आराम गराउने हो। देशको मुहार फेर्न एक पटक मौका दिनुहोस। साथै ‘म सबैलाई धन्यवाद दिन चाहन्छु । अझै धेरै साथ र सहयोगको अपेक्षा गरेको छु ।’
सोमबार साँझ सामाजिक सञ्जालमार्फत ढकालले आफूलाई प्रशासनले प्रचारप्रसार गर्न नदिएको बताएका थिए।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend