Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • चुनावले देशको भविष्य चुन्ने हो,मान्छे होइन् : राजेन्द्र लिङ्देन


    बिहिबार, कार्तिक २४ २०७९
    600
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनले देश र जनताका भविष्य बनाउने भएकाले आसन्न निर्वाचनलाई खेलाची नगरी गम्भीर रुपमा लिन आग्रह गरेका छन्। 

    बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित चुनाव लक्षित आमसभालाई सम्बोधन गर्दै (राप्रपा) अध्यक्ष लिङ्देनले चुनाव एउटा व्यक्ति वा दल चुन्ने काम मात्र होइन् देशको सुन्दर भविष्य चुन्ने दिन भएको बताएका हुन् ।

    आसन्न निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रव्यूहबाट देशलाई मुक्त गराउने अवसरको रुपमा लिनुपर्ने उनले बताए । 

    तीन दशकदेखि बहुदलीय व्यवस्था आएपछि देश ठूला भनिएका पार्टी र नेताहरूको बन्धकमा परेको आरोप समेत लगाए । तीन दशक अर्थात् एउटा युग कांग्रेस र कम्युनिष्टले खेर फालेको आरोप लगाउँदै सिन्धुपाल्चोकमा पशुपतिशमशेर राणाले गरेको विकासको स्मरण गराए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार