Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मैले ओलीलाई सरकारबाट ढालेँपछि उटपट्याङ कुरा गर्दै हिड्छन्: माधव नेपाल


    बिहिबार, कार्तिक २४ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई आफूले टक्कर दिएर ढालेपछि ओली बर्बराउदै उटपट्याङ कुरा गर्दै हिडेको दाबी गरेका छन्। 

    आज बिहीबार काठमाडौँको मीनभवनस्थित पार्टीका कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै नेपालले कसैले पनि टक्कर दिन नसक्ने ठानेका ओलीलाई आफुले टक्कर दिँदै उनी नेतृत्वको सरकार नै आफूले ढालेको टिप्पणी गरेका हुन्।

    ‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सक्दैन भनेर। तर मैले नै टक्कर दिएर उनको सरकार ढालेँ। नेपालले सरकार ढालेपछि अहिले ओली उत्पट्याङ कुरा गरिरहेका भन्दै ओलीका उत्पट्याङ कुराहरुको संकलन गर्नुपर्ने बेलासमेत भएको बताए । 

    अध्यक्ष नेपालले एमालेले अहिलेको निर्वाचनमा पैसाको खोलो बगाइरहेको आरोप लगाउँदै एमालेको आम्दानीको स्रोत भनेकै भ्रष्टाचार र लुट रहेको समेत बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार