Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति भण्डारीलाई ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ 


    बिहिबार, कार्तिक २४ २०७९
    870
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्याण्डमा महिला राजनीतिक नेतृत्व मञ्चद्वारा प्रदान गरिने ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी छिन्। विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्लूपीएल)ले बुधबार राष्ट्रपति भण्डारीलाई अवार्ड प्रदान गरेको हो। 

    उनलाई ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल)का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले अवार्ड प्रदान गरेकी हुन् ।

    राष्ट्रपति भण्डारी महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रूपमा सहभागी भएकी थिइन्। भण्डारीले त्यहाँ  प्रमुख वक्ताका रूपमा सम्बोधन पनि गरिन्। 

    १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गरेकी राष्ट्रपति भण्डारी कात्तिक २६ गते बिहान स्वदेश फर्किने कार्यक्रम तय भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार