काठमाडौं । डाँफे युवा समाज परिवारले स्नेही काखलाई ८१ हजार रुपैयाँ सहयोग गरेको छ । युवा समाजले शुक्रवार नेपाल स्नेही काखको नयाँ बन्दै गरको भवन धापाखेलमा नै गएर सो रकम हस्तान्तरण गरेको हो ।
सडकमा अलपत्र परेका मनोेरोगी तथा तिनका परिवारलाई आश्रय दिने नेपाल स्नेही काखको मुख्य उद्देश्य रहेकाले यस्तो पवित्र संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको डाँफे युवा समाजका अध्यक्ष अन्जान चाम्लिङ राईले बताए । डाँफे युवा समाजका पदाधिकारी रोशना गुरुङ र समाज सेवामा रमाउने सन्तोष गिरीले समाजमा अपहेलित भएका वर्गलाई सहयोग गर्ने संस्था स्नेही काखलाई सहयोग गर्न पाएकोमा खुसी महसुस गरेका छन् ।

देश तथा बिदेशमा भएका साथीहरु सामाजिक संजालबाट एकजुट भएर खोलिएको संस्था डाँफे युवा समाज परिवारको नारा नै दिन दुःखीहरुलाई सहयोग हाम्रो अभियान भएको कुरा संस्थाका अध्यक्ष राई बताउँछन् ।