Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  झापा पुगेर ओलीले भने- म जोगी र सन्यासीजस्तै भएको छु 


    बुधबार, कार्तिक २३ २०७९
    640
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। बुधवार झापामा आयोजित चुनावी कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु जोगी र सन्यासीजस्तै भएको बताएका छन् । अध्यक्ष ओलीले एमाले र एमालेका उम्मेदवारलाई आगामी चुनावमा जिताउन आग्रह गर्दै आफूलाई निजी स्वार्थको कुनै प्रवाह नभएको पनि दाबी गरे । 

    ‘म तपाईँहरूले छानेको प्रतिनिधि जोगी र सन्यासी जस्तै हो । जनताले जे उपहार दिन्छन् त्यो जनतालाई नै बाँड्ने हो’, ओलीले भने, ‘मलाई धन कमाउनु छैन । झापाको मान्छे मुगु र हुम्लाका छोराछोरी पढाएको छु, सम्पत्ति कमाउनु छैन ।’

    आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अध्यक्ष ओलीले चुनावी अभियान दार्चुलाबाट सुरु गरेका थिए। उनी कम्तीमा १८ देखि २७ कात्तिकसम्म जिल्लाका सभाहरूमा सहभागी हुने एमालेले जनाएको छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार