काठमाडौं। बुधबार दार्चुलाको गोकुलेश्वरमा आयोजित सत्ता गठबन्धनको आमसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरी तेस्रो पटक पनि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन्।
अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफैंले प्रधानमन्त्री बनाए पनि उनले आफैले बनाएको संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको बताए । आफूले सदनमा ओलीलाई भनेको प्रसंग स्मरण गर्दै उनले पहिलोपटक संविधान जारी गर्नका लागि र त्यसपछि तत्कालीन समयमा ओलीले एकपटक आफूलाई प्रधानमन्त्री बनाइदिनुुस् भनेकाले दोस्रो पटक पनि ओलीलाई प्रधानमन्त्री बनाएको बताए। ‘अब प्रधानमन्त्री बनेर देखाउनुस्। अनि मानौंला। मैले रोस्ट्रमबाट भनेको थिएँ- तेस्रो चोटी प्रधानमन्त्री बनेर देखाउनुस्। त्यो सम्भव छैन’, प्रचण्डले भने। प्रचण्डले केपी ओलीले आफूले लिम्पियाधुरा लिपुलेक समेटेर बनाएको नक्सा पनि ओलीले बाध्य भएर मात्रै बनाएको समेत दाबी गरे ।
उनले ओलीले बहुमत चाहियो भन्दा आफूलाई लाज लाग्ने र ओली कायर मान्छे रहेको भन्दै चुनाव आएपछि दार्चुला आएर गोहीको आशु चुहाउने गरेको बताए। ‘दुई तिहाइको हुँदाखाँदाको सरकार विघटन गर्ने, दुई तिहाइको बहुमतको सरकार विघटन गर्ने, त्यत्रो विशाल पार्टीलाई विभिन्न सेटिङ मिलाएर विभाजन गरेर टुक्राटुक्रा पार्ने केपी ओली कुन नैतिकताले अब जनताको अगाडि बहुमत माग्ने?’, उनले भने।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend