Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  मैले जिते भने मात्रै देशको नेतृत्व परिवर्तन सम्भव छ : गगन थापा 


    मंगलबार, कार्तिक २२ २०७९
    1K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको नेतृत्व परिवर्तन गर्न काठमाडौं ४ बाट आफूलाई जिताएर पठाउन मतदातासँग आग्रह गरेका छन् । काठमाडौं ४ का उम्मेदवार समेत रहेका थापाले आफुले जिते भने मात्रै देशको नेतृत्व परिवर्तन गर्न सम्भव रहेको बताए। काभ्रे-काठमाडौं क्षेत्र नम्बर ४ समन्वय समितिद्वारा चाबहिलमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

    उनले निर्वाचनपछि अधिकांश दलमा संसदीय दलको नेता पुरानै रहने तर आफू निर्वाचित भए कांग्रेसको संसदीय दलको नेताका लागि निर्वाचन हुने दाबी गरे । ‘राजनीतिक नेतृत्वको बदलाव लिन धेरै ठूला परिवर्तन भए । तर राजनीतिक यर्थाथता यो छ कि यो पटक निर्वाचन पछाडि कुनै पनि राजनीतिक दलको संसदिय दलको चुनाव हुनेवाला छैन् । यदि काठमाडौं ४ बाट जिताएर नपठाए कांग्रेसमा पनि दलको नेताको लागि निर्वाचन नहुने बताए । 

    उनले देशमा ठूलो परिवर्तन चाहिएको र यो परिवर्तन राजनीतिक परिवर्तनविना असम्भव रहेको बताए । उनले भने, ‘त्यो प्रतिस्पर्धा राजनीतिक दलको महाधिवेशन या संसदीय दलको नेतामा हुनुपर्छ । त्यसका लागि त लडाई लड्ने मान्छे पहिला चाहियो । मेरो प्रस्तावक झापाबाट जितेर आउनु पर्छ। उम्मेदवार बन्ने मान्छे पनि जितेर जानुपर्छ तब लडाई होला । यहाँ सिधैँ प्रधानमन्त्री हुने होइन संसदीय प्रकृयामा छ । पहिला सांसद्मा जितेर जानुपर्छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार