काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंमा ५६, भक्तपुरमा तीन जना र ललितपुरमा तीन जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै पर्सामा ५५, सर्लाहीमा ३६, महोत्तरीमा १५, धनुषामा १८, मोरङमा ४९ जनामा संक्रमण पुष्टि भएको छ। शनिबार नेपालमा कुल ३ सय ७८ जना संक्रमित थपिएको र योसहित संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ।
शनिबार ४९९ जना संक्रमित निको भएर घर फर्किएका छन्। संक्रमित निको हुनेको संख्या १६ हजार ३१३ पुगेको छ। उपचारत संक्रमित संख्या भने ६ हजार २०६ रहेको छ।
क्वारेन्टिन बस्नेको संख्या १० हजार ७९२ छ। शनिबार सात हजार ८८८ जनाको पीसीआर रिपोर्ट आएको हो। मन्त्रालयले थप तीन जनाको मृत्यु भएको जनाएको छ। शनिबार थप तीन जनाको मृत्यु भएपछि नेपालमा मृतक संख्या ७३ पुगेको छ।