Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  तोसिमा कार्कीको उम्मेदवारीविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने


    सोमबार, कार्तिक २१ २०७९
    825
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौैं। राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी यथावत् राख्नू भन्ने अन्तरिम आदेशविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटको सोमबारको सुनुवाइ हेर्न नभ्याइने भएको छ ।

    निर्वाचन आयोगले डा.तोसिमाको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नू भन्ने गत मंगलबारको सर्वाेच्च अदालतको अन्तरिम आदेशविरुद्ध परेको रिटको मंगलबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको हो । 

    उक्त अन्तरिम आदेश बदर गरी पाउँ भनि गत शुक्रबार आयोगले सर्वाेच्च अदालतमा निवेदन दिएको थियो । उक्त निवेदनउपर सुनुवाइ गर्न सोमबारका लागि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको थियो । तर, ‘हेर्न नभ्याइने’मा परेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार