काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३ सय ७८ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घन्टामा गरिएको ७ हजार ७ सय ८८ जनाको पीसीआर परीक्षणमा ३ सय ७८ जनामा कोरोना देखिएको बताए ।
२४ घन्टा ४ सय ९९ जना डिस्चार्ज भएका छन् । हालसम्म १६ हजार ३ सय १३ जना डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ । हालसम्म मुलुकभर सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ६ पुगेको हो ।
हाल मुलकभरका क्वारेन्टाइनमा १० हजार ७ सय ९२ जना रहेको प्रवक्ता गौतमले बताएका छन् ।
शनिबार थप तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको कारए ७३ जनाको मृत्यु भएको छ।