Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आयोगको निर्देशनपछि गण्डकी सरकारले करको दर घटाउने निर्णय खारेज गर्यो 


    सोमबार, कार्तिक २१ २०७९
    905
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। निर्वाचन आयोगको निर्देशनपछि गण्डकी प्रदेश सरकारले यसअघि गरेको करको दर घटाउने निर्णय खारेज गरेको छ । आयोगले गण्डकी प्रदेश सरकारलाई कर घटाउने निर्णयबारे दोस्रो पटक स्पष्टीकरण सोधेपछि उक्त निर्णय खारेज गरिएको स्रोतले जनाएको छ। 

    गण्डकी प्रदेश सरकारको उक्त कर घटाउने निर्णयपछि आयोगले कात्तिक ४ गते पहिलोपटक स्पष्टीकरण सोधेको थियो भने बुधबार दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।  निर्वाचन आयोगले प्रदेश सरकारलाई करको दर घटाउने निर्णय २४ घण्टाभित्र बदर गर्न १६ कात्तिकमा निर्देशन दिएको थियो । तर, मुख्यमन्त्री कार्यालयमा पत्र भने आइतबार बिहान ११ बजेमात्र पत्र प्राप्त भएको मुख्यमन्त्री स्रोतले जनाएको छ । सोही पत्र अनुसार गण्डकी प्रदेश सरकारले करको दर घटाउने निर्णय खारेज गर्ने निर्णय गरेको हो । 

    निर्वाचनको सम्मुखमा आचारसंहिता उल्लंघन हुने गरी करको दर घटाइएको भन्दै मुख्यमन्त्री, अर्थमन्त्री र अर्थसचिवलाई आयोगले अलग-अलग स्पष्टीकरण सोधेको थियो ।

    प्रदेश सरकारले ७ असोजको मन्त्रिपरिषद् बैठकबाट करको दर घटाउने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार