Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालगञ्ज मेडिकल कलेजका चिकित्सक र नर्समा कोरोना संक्रमण


    शनिबार, साउन २४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेजका चिकित्सक र नर्सलाई समेत कोरोना पुष्टि भएको छ । अस्पतालमै कार्यरतलाई कोरोना पुष्टि भएसँगै प्रसूति गृह सिल गरिएको बताइएको छ ।

    अस्पताल सिल गरिएको र इमर्जेन्सी बिरामीलाई भेरी अञ्जल अस्पतालमा रिफर गरिएको छ । यसअघि बिहीबार नै १० जना स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्न पठाएपनि शनिबारसम्म पाँच जनाको मात्रै रिपोर्ट आएको छ । पाँच जनाको परीक्षणमा दुई जनालाई संक्रमण देखिएसँगै जोखिम बढेको अस्पतालले जनाएको छ। 

    रिपोर्ट आएन बाँकी अन्य पाँच जना अस्पतालको आइसोलेसनमा छन् । 

    यसअघि शुक्रबार यही अस्पतालका ६ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको थियो थिए । तीमध्ये एक जना चिकित्सक र ५ जना नर्स थिए ।

    ती सबै संक्रमित स्वास्थ्यकर्मी प्रसूति गृहमा कार्यरत थिए । सोही कारण प्रसुति गृह सिल गरिएको बताइएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार