Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • प्रमुख आयुक्त थपलिया र जापानी राजदूत युताकाबीच भेटघाट 


    बुधबार, कार्तिक १६ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालका लागि जापानी राजदूत युताका किकुता र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच आज बुधबार भेटघाट भएको छ ।

    कान्तिपथस्थित आयोगको कार्यालयमा भएको शिष्टाचार भेटका अवसरमा प्रमुख आयुक्त थपलियाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न राजदूत युताकालाई आग्रह गरेका छन्। 

    उक्त भेटका क्रममा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको निर्वाचनसम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भएको आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार