Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री देउवा चुनावका लागि गृहजिल्ला डडेलधुरा जाँदै


    बुधबार, कार्तिक १६ २०७९
    1.6K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आगामी चुनावी प्रचारप्रसारका लागि आज गृहजिल्ला डडेलधुरा जाँदै छन् । डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका प्रधानमन्त्री देउवा बुधबार चुनाव प्रचारका लागि गृहजिल्ला जान लागेका हुन् ।

    प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले भने, ‘प्रधानमन्त्री देउवा गृहजिल्ला जाँदै हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रममा सहभागी हुनका लागि काठमाडौंबाट आज २ बजेपछि धनगढी जाने कार्यक्रम रहेको छ। 

    निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म उम्मेदवारहरूले चुनावी प्रचारप्रसार गर्न पाउने जनाएको छ । प्रचारप्रसार गर्न पाउने अघिल्लो दिन नै प्रधानमन्त्री देउवा गृहजिल्ला पुग्न लागेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार