Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अत्यावश्यकबाहेकका सबै सेवा तत्कालका लागि बन्द गरिने


    शुक्रबार, साउन २३ २०७७
    3.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि काठमाडौँ उपत्यकाभित्रका तीन जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षासम्बन्धी सेवाबाहेकका अन्य सेवा तत्कालका लागि स्थगन गरेको छ ।

    आज काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवालाको बैठकले शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य र विपद् व्यवस्थापनसम्बन्धी कार्य जारी रहने जानकारी दिएको छ ।

    यस्तै नयाँ नेपाली नागरिकता वितरण, नागरिकताको प्रतिलिपी वितरण, हातहतियार दर्ता तथा नवीकरण, संस्था दर्ता पत्रपत्रिका दर्ता साथै नवीकरण, निजी सुरक्षा, कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिक परिचय पत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवा तत्कालका लागि स्थगन गरिएको जनाएको छ ।

    यस्तै जिल्ला प्रशासन कार्यालय परिसरमा प्रवेश गर्ने सेवाग्राहीले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरी अनिवार्यरुपमा मास्कको प्रगोग गर्नुपर्नेछ । यस्तै परिसरभित्र स्यानिटाइजरको प्रयोग गर्ने वा साबुन पानीले नियमित हात धुनुपर्ने व्यवस्था गरिएको छ । अनावश्यक भीडभाड नगरी सामाजिक दूरी कायम गर्नसमेत आग्रह गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेका अनुसार कोरोनाको जोखिम बढेका कारणले यही साउन २५ गतेदेखि आगामी भदौ ८ गतेसम्म नियमित अत्यावश्यकीय सेवाबाहेकका अन्य काम कारवाही हाललाई स्थगन गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार