Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • स्वतन्त्रकी डा. तोसिमाको उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चमा रिट


    सोमबार, कार्तिक १४ २०७९
    945
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । पत्रकारिता क्षेत्र त्यागेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार रहेकी डा.तोसिमा कार्कीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दर्ता गराएकी छन्। निर्वाचन आयोगले उम्मेदवारी खारेज गरिदिएपछि सोमबार डा.कार्की सर्वोच्च अदालत पुगेकी हुन्। उक्त विषयको रिटको पेशी मंगलबारका लागि तोकिएको छ।

    निर्वाचन आयोगले सार्वजनिक लाभको पदमा रहेको भन्दै  शनिबार उनको उम्मेदवारी खारेज गरेको थियो।

    डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भइ लाभको पदमा बहाल रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो। उक्त उजूरीमाथि छानविन गर्दा कार्की उम्मेदवार बन्न अयोग्य देखिएको आयोगले निर्णय गरेको थियो।

    कार्कीले नेपाल मेडिकल काउन्सिलको बैठक भत्ता बुझेको भन्दै आयोगले त्यसलाई ‘लाभको पद’ रूपमा व्याख्या गरेको हो।

    डा. तोसिमाका समर्थकले उनको मनोनयन खारेज गरेपछि निर्वाचन आयोगविरुद्ध सोमबार प्रदर्शन समेत गरेका थिए । राजधानीको माइतीघरमा तोसिमाका समर्थकले ‘युवालाई साथ दिउँ, नयाँ युग पाउँ’ प्ले कार्ड बोक्दै प्रदर्शन गरेका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार