Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शुक्रबार ४६४ कोरोना संक्रमित थपिए


    शुक्रबार, साउन २३ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार नेपालमा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ९ सय २६ जनामा गरिएको पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ ।

    नेपालमा पछिल्लाे २४ घण्टामा ४ सय २५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १५ हजार ८ सय १४ जना पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेको छ । 

    यस्तै आजसम्म कुल १० हजार २ सय ७ जना क्‍वारेन्टिनमा रहेका छन् । नेपालमा अहिलेसम्म संक्रमणबाट ७१ जनाको मृत्यु भइसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार