Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उडान कटौंती र उपकरण चलाउन पहल नगर्नेले रोजगारी कसरी दिन्छन् : पूर्वगृहमन्त्री थापा


    शनिबार, कार्तिक १२ २०७९
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रूपन्देही। पूर्वगृहमन्त्री निरन्जन थापाले विमानस्थलमा रोजगारी दिन्छु भनेर हिँड्ने उम्मेदवारले सञ्चालित अन्तराष्ट्रिय उडानको कठौती गरेको बताएका छन् । भएको उपकरण चलाउनका लागि पहलसमेत गर्न नसकेको सरकारले रोजगारीको लोभ दिएर स्थानीयलाई भ्रममा पारिरहेको उनले बताए । 

    नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर–९ को संयुक्त सम्पर्क कार्यालयको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै थापाले सरकारकै व्यवस्थापनमा चलिरहेको भैरहवास्थित गौतमबुद्ध विमानस्थल सतारुढ दलका उम्मेदवारले विमानस्थलमा रोजगारी दिन्छौं भन्दै हिँड्नु जनतामा भ्रम छर्ने काम भएको बताए । 

    जेठ २ गतेदेखि व्यावसायिक रुपमा सञ्चालनमा आएको विमानस्थल दैनिक पछि अहिले  साताको ३ वटा उडानमा सिमित छ । आकस्मिक अवतरण हुन सक्छ भनेर २४ घण्टा नै खुला गरेर लाखौ रकम स्वाहा भइरहदो सुरक्षा सम्बद्ध आधुनिक उपकरण सञ्चालनमा सरकारले पहल गरेको छैन । 

    कमजोर भिजिबिलीटी हुँदा पनि उडान–अवतरण होस भनेर झण्डै एक अर्ब खर्चेर इन्स्टुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) जडान भयो । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणको लापरबाही र भारतीय पक्षको बेवास्ताका कारण आइएलएस भारत सरकारको अनुमतिबिना प्रयोग हुन नसक्ने अवस्था ल्याएकोमा सरकारको ध्यानाकर्षण हुन नसकेको उनको आरोप छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सल्लाहकार समितिका संयोजकसमेत रहेका थापाले विगतमा कांग्रेसले मन पराएर दीपक बोहराका लागि भोट मागेको होइन ? भन्दै प्रश्न गरेका छन् ।

    Avatar

     
     
    Avatar

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार