Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकामा थप कडाइ हुने, संक्रमण बढी देखिएको क्षेत्र सिल गरिने


    शुक्रबार, साउन २३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप कडाइ हुने भएको छ। 

    शुक्रबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको छलफलले मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गर्ने निर्णय गरेको हो। 

    बैठकमा संक्रमण बढी देखिएको क्षेत्र सिल गर्ने, अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने, सपिङ मल र व्यापारिक केन्द्रमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएको अनुगमन गर्ने, मापदण्ड कार्यान्वयन नभएको पाइए बन्द गर्नेलगायत विषयमा छलफल भएको छ। 

    ललितपुरका सीडीओ भट्टका अनुसार उपत्यकाको सुरक्षा मापदण्डका विषयमा केही महत्वपूर्ण प्रस्ताव गृहमन्त्रालयमा पठाउने विषयमासमेत छलफल भएको छ। 

    छलफलमा काठमाडौंका सीडीओ जनकराज दाहाल भक्तपुरकी सीडीओ हुमकला पाण्डे र ललितपुरका सीडीओ  भट्टसहित सुरक्षा निकायका प्रमुख र उद्योगीको सहभागिता रहेको थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार