Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै 


    शुक्रबार, कार्तिक ११ २०७९
    945
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आसन्न निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । तीन खण्डमा तयार पारिएको उक्त घोषणा पत्र तिहार अघि नै सार्वजनिक गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै आज सार्वजनिक गर्न लागिएको हो।

    निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने छन्  ।

    कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यन्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलाई प्राथमिकतामा राखिएको र केही थपघट गरी संकल्प प्रस्ताव तयार पारिएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार