Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गाँजासहित पाँच जना पक्राउ


    शुक्रबार, कार्तिक ११ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बारा । अवैध  २० किलो गाँजासहित  प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका ५ स्थित घुसुकपुर टोलबाट प्रहरीले पाँच जनालाई  पक्राउ गरेको हो ।

    स्थानीय सुनितादेवी साहले सञ्चालन गर्दै आएको पसलबाट गाँजाको कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरी खानतलासी गर्न पुगेको थियो । सो क्रममा २० किलोग्राम गाँजासहित महागढीमाई नगरपालिका वडा नम्बर १ प्रतिमा देवी पटेल र करैयामाई गाउँपालिका वडा नम्बर १ का सफि अन्सारी, पचरौता नगरपालिका वडा नम्बर ३ का उपेन्द्र पटेल, सौखीलाल प्रसाद यादव र भारतीय नागरिक सेराज आलमलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार