Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मौसम पूर्वानुमान : तीन प्रदेशमा हल्का बर्षाको सम्भावना


    शुक्रबार, कार्तिक ११ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण आज  बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ  भने  बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    आज (शुक्रवार) दिउँसो प्रदेश–१, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने  विभागले जनाएको छ ।
    गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा प्रदेश–१, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
    आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ का पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार