Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बंगलादेशमा आएको सित्राङ नामको आँधीबाट २८ जनाको मृत्यु, लाखौं प्रभावित


    बिहिबार, कार्तिक १० २०७९
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बंगलादेश । बङ्गलादेशमा सित्राङ नामको आँधीबाट मृत्यु हुनेहरूको संख्या २८ पुगेको छ । सित्राङबाट लाखौँ मानिस प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ । आँधीका कारण बङ्गलादेशका लाखौँ व्यक्ति बिजुली सेवाविहीन भएका छन् ।

    उद्धारकर्मीले ड्रेजर डुङ्गाका चालक दलका चार जना सदस्यको शव फेला पारेका छन् । योसँगै आँधीमा परी ज्यान जानेको संख्या २८ पुगेको हो । सित्राङ नामक यस आँधी दक्षिणी बङ्गलादेशमा अवतरण गरेको जनाइएको थियो । त्यसलगत्तै मानिसलाई यसले प्रभावित पारेको हो ।

    अधिकारीहरूले यस शक्तिशाली आँधी आउनुअघि झण्डै १० लाख मानिसलाई सुरक्षित स्थानमा पुर्‍याउन सफल भएको बताएका छन् । आँधीको गति ८० किलोमिटर प्रतिघण्टा रहेको र यसले अझै पनि लाखौँ मानिसको घर रहेको देशको घना जनसङ्ख्या भएको तल्लो तटीय क्षेत्रमा विनाश गर्ने अनुमान गरिएको छ । एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार